राष्ट्रपतिद्वारा आगामी वर्षको बजेटसहित तीन अध्यादेश जारी काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७८-७९ को बजेटसहित तीनवटा अध्यादेश आज जारी गरेकी छिन्। आजै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्। नयाँ संविधान जारी भएपछि पहिलोपटक अध्यादेशबाट बजेट सार्वजनिक गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्