बजेट भाषण सुन्न गएनन् परिसंघका अध्यक्ष
काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष शतीसकुमार मोर आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न नजाने भएका छन्। कोरोनाको दोस्रो लहरका कारण मोर बजेट भाषण सुन्न नगएका हुन्। उनले भने, “मन्त्रालयका सचिवज्यूले आउनुपर्यो भन्नुभएको थियो। तर, महामारीमा स्वास्थ्यका कारण नगएको हो।” परिसंघको प्रतिनिधित्व गर्दै विष्णु अग्रवाल भाषण सुन्न गएका छन्।
प्रतिक्रिया दिनुहोस्