सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र काठमाडौँ। आगामी आर्थिक वर्षमा सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गरिने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत महिलालक्षित क्षमता विकास तथा उद्यमशीलताका गतिविधिहरू सञ्चालन गरिने अर्थमन्त्री पौडेलले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्