सबै भूमिहीनलाई आगामी वर्षभित्रै जग्गाधनी पुर्जा दिइने
काठमाडौं। भूमिहीन दलित, सुकम्बासी, जग्गाहीन सबैले आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा पाउने भएका छन्। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् यस्तो घोषणा गरेका हुन्। भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत् जग्गाधनीलाई प्रमाणपत्र उपलब्ध गराउन सरकारले ६८ करोड विनियोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस्