सिंचाई तथा नदी नियन्त्रणमा बजेट बढाइयो
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंचाई तथा नदी नियन्त्रण क्षेत्रमा बजेट बढाएका छन्। उनले आर्थिक वर्ष २०७८÷७९ का लागि ३१ अर्ब ४६ करोड बजेट विनियोजन गरेका हुन्। अघिल्लो आर्थिक वर्षमा सिंचाई क्षेत्रका लागि २७ अर्ब ९६ करोड बजेट छुट्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्