अर्को वर्ष धौवादी फलाम खानीबाट व्यवसायिक उत्पादन
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा धौवादी फलाम खानी कम्पनीबाट व्यवसायिक रुपमा फलामको उत्पादन थाल्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै धौवादीबाट फलाम उत्पादन थाल्ने बताएका हुन्। यसैगरी सरकारले देशभरका खानी क्षेत्रको उत्खननलाई प्राथमिकतासहित बजेट ल्याएको छ।
प्रतिक्रिया दिनुहोस्