महाकाली सिंचाई आयोजनाका लागि १ अर्ब २५ करोड विनियोजन
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले महाकाली सिंचाई आयोजनाका लागि आर्थिक वर्ष २०७८/७८ का लागि १ अर्ब २५ करोड विनियोजन गरेका छन्। उनले आयोजनाको तेस्रो चरणअन्तर्गत १० किलोमिटर मुल नहर निर्माण तथा ब्रम्हदेव मण्डी क्षेत्रमा शाखा नहर निर्माण गरी २ हजार ९०० हेक्टर जमिनमा सिंचाईको सुविधा उपलब्ध गराइने बताए।
प्रतिक्रिया दिनुहोस्