दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब विनियोजन काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ७३ करोड विनियोजन गरेका छन्। यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरिएको छ। गत आवमा यस कार्यक्रमका लागि ७ अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको थियो। यसमार्फत बालबालिकाको पोषणस्तरमा सुधार ल्याउने तथा कक्षा पाँचसम्मका बालबालिकाले बीचमै कक्षा नछोड्ने लक्ष्य राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्