विद्यार्थीलाइ ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण, निःशुल्क सिमकार्ड काठमाडौं। ल्यापटप किन्न विद्यार्थीले एक प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन्। सरकारले वैकल्पिक शिक्षाका लागि यस्तो व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए। १७ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्