विद्युतीय सवारीको आयातमा लाग्दै आएको अन्तःशूल्क हट्यो
काठमाडौं। सरकारले विद्युतीय सवारीको आयातमा लाग्दै आएको अन्तःशूल्क हटाएको छ। निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत विद्युतीय सवारीको आयातमा अन्तःशूल्क लगाउने घोषणा गरेका थिए। त्यसलाई उल्टाउँदै अर्थमन्त्री विष्णु पौडेलले अन्तःशूल्क हटाएको हो। हाल विद्युतीय सवारीमा ६० प्रतिशतसम्म अन्तःशूल्क लाग्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस्