महामारीपछि अर्थव्यवस्था उकास्न सहुलियतपूर्ण कर्जाका लागि १३ अर्ब विनियोजन
काठमाडौं। सरकारले कोरोना महामारीपछि आर्थिक गतिविधिलाई चलायमान बनाउन ५ प्रतिशत ब्याज अनुदानमा १३ अर्ब सहुलियतपूर्ण कर्जा दिने भएको छ। यो कर्जा लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने बताइएको छ भने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्