भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड
काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा भूकम्पपछिको पुनर्निर्माणको लागि ३३ अर्ब ५५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेटमा सो रकम उल्लेख गरिएको छ। आगामी आर्थिक वर्ष १,३०७ विद्यालयका १४,१५५ कक्षाकोठा, १०५ स्वास्थ्य संस्था, १९५ सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाहरू र ३६ सरकारी भवनको निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्