कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने
तानसेन। यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिनी गरिने आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ। कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ। पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति ६ वटा समूहले यसअघि नै स्थलगत परीक्षण तथा सर्भे गरेका थिए। पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयातायात सञ्चालनको योजना बनाइएको छ।
प्रतिक्रिया दिनुहोस्