पेट्रोलबाट चल्ने साना सवारीलाई १० वर्षमा विद्युतीय सवारीमार्फत विस्थापन गरिने
काठमाडौं। सरकारले आगामी १० वर्षभित्र नेपालमा पेट्रोलबाट चल्ने साना सवारीसाधनलाई विद्युतबाट चल्ने सवारीमार्फत विस्थापन गर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै शनिबार यस्तो योजना सुनाएको हो। निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले बढाएको विद्युतीय सवारीको अन्तःशूल्क हटाउँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १० वर्षमा पेट्रोलबाट चल्ने हलुका सवारीलाई पूर्णरुपमा विस्थापन गर्ने घोषणा गरे।
प्रतिक्रिया दिनुहोस्