नेपाली सेनाले आउँदो वर्ष ५० अर्ब ९० करोड ७० लाख बजेट पाउने
काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९मा नेपाली सेनालाई ५० अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गर्ने भएको छ। सरकारले शनिबार ल्याएको बजेटमा सेनालाई सो रकम छुट्टयाइएको हो। चालु आर्थिक वर्ष २०७७/७८ मा सेनाको खर्च ५२ अर्ब ७३ करोड ७० लाख रुपैयाँ रहने छ। आर्थिक वर्ष २०७६/७७मा सेनाको वार्षिक बजेट ५० अर्ब १२ करोड ६ लाख रुपैयाँ रहेको थियो।
प्रतिक्रिया दिनुहोस्