दातृ राष्ट्र तथा निकायले नेपालमा बजेट बाहिरबाट करिब १८ अर्ब खर्च गर्ने काठमाडौं। आउँदो आर्थिक वर्ष २०७८/७९ मा विभिन्न दातृ राष्ट्र तथा निकायले नेपालमा बजेट बाहिरबाट १५ करोड २८ लाख १८ हजार अमेरिकी डलर (१७ अर्ब ९० करोड ७२ लाख १३ हजार रुपैयाँ) खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहरुले उक्त रकम १८ वटा मन्त्रालय तथा सरकारी निकायमा १२४ वटा आयोजनामार्फत खर्च गर्नेछन्। यो सबै खर्च प्राविधिक सहयोगअन्तर्गत गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्