मर्स्याङ्दीमा ६९ मेगावाट विद्युत् उत्पादन तनहुँ। जिल्लाको आँबुखैरेनी–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ। गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो। सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हँुदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्