निगमको जहाज ८ लाख डोज कारोना खोप लिन भोलि राती बेइजिङ जाने काठमाडौं। चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज लिन सोमबार नेपाल वायुसेवा निगमका चार्टर्ड विमान बेइजिङ जाने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जहाज भोलि राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ उड्नेछ। बेइजिङबाट खोप लिई जहाज मंगलबार विहान १० बजे काठमाडौंतर्फ उड्ने जनाइएको छ। बाँकी दुई लाख डोज खोप तातोपानी नाकाबाट हस्तान्तरण गरिने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्