मानवीय सहायता सामाग्री लिएर अष्ट्रेलियन सेनाको जहाज जेठ २१ गते काठमाडौं आइपुग्ने काठमाडौं। अष्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामाग्री लिएर अष्ट्रेलियन डिफेन्स फोर्सको जहाज जेठ २१ गते काठमाडौं आइपुग्ने भएको छ। उक्त सहायता सामाग्री अष्ट्रेलियन सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोही दिन नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि मित्र राष्ट्रहरुले नेपाललाई विभिन्न सहयाता गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्