मकालु हिमालबाट सङ्कलित फोहर प्रशोधनका लागि हस्तान्तरण
काठमाडौं। सेनाले सफा हिमाल अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहर प्रशोधनका लागि हस्तान्तरण गरेको छ। सैनिक मुख्यालय जङ्गीअड्डाले सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार८८२ केजी फोहोर हस्तान्तरण गरेको हो। हिमालबाट सङ्कलन गरिएको छ हजार ६०७ केजी फोहोरमध्ये सड्ने÷कुहिने एक हजार ७२५ केजी मकालु गाउँपालिकालाई बुझाइएको छ।रासस
प्रतिक्रिया दिनुहोस्