यो वर्ष भित्रियो साढे १२ अर्बभन्दा बढीको मकै, तीन वर्षमा मकैमा आत्मनिर्भर बन्ने काठमाडौं। मकै खरिदमा ठूलो रकम विदेशिएपछि सरकारले अबको तीन वर्षमा मकैमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको१० महिनामा विभिन्न देशबाट नेपालमा१२ अर्ब६९ करोड ३१ लाख ३० हजार रुपैयाँको मकै भित्रिएको छ। सो अवधिमा ४७ करोड ३८ लाख ५७ हजार १२६ केजी मकै नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्