चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ बेइजिङ। कोरोना संक्रमणको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्वेक्षणले देखाएको छ। औद्योगिक समूह र राष्ट्रिय तथ्याँक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई)मा चीनको औद्योगिक उत्पादन ५१ बिन्दुमा रहेको छ। ५० बिन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ। गत अप्रिलमा यो ५१.१ बिन्दुमा थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्