नेपालबाट वैधानिक तरिकाले हालसम्म साढे ४४ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गए काठमाडौं। नेपालबाट हालसम्म वैधानिक तरिकाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ४४ लाख ६६ हजार ९६३ पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०७७ फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानेमध्ये ४२ लाख ४८ हजार ५४७ जना पुरुष र २ लाख १८ हजार ४२६ जना महिला छन्। कोरोना महामारीबीच चालु आर्थिक वर्षमा ३३,१६१ जना वैदेशिक रोजगारीमा गएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्