वैदेशिक रोजगारको सिलसिलामा कुन देशमा कति नेपाली गए?
काठमाडौं। पछिल्लो २८ वर्षमा सबैभन्दा बढी नेपाली कामदार मलेसिया पुगेका छन्। मलेसियामा हालसम्म वैदेशिक रोजगारीमा सिलसिलामा १२ लाख ५८ हजार ६२९ जना पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा कतारमा १२ लाख पाँचहजार ९८, साउदी अरबमा नौलाख ३४ हजार ४११, युएईमा ६ लाख ३५ हजार ७९२, कुवेतमा एकलाख ४९ हजार १८० र बहराइनमा ५६ हजार १७५ जना पुगेका छन्।
प्रतिक्रिया दिनुहोस्