गोपनीयताको नीति अस्विकार गर्नेको कल तथा म्यासेज ब्लक गर्ने निर्णयबाट पछि हट्यो ह्वाट्सएप
एजेन्सी। ह्वाट्सएपले आफ्नो गोपनीयता नीति अस्विकार गर्नेको एकाउन्टमा कल र म्यासेज ब्लक गर्ने निर्णयबाट पछि हटेको छ। ह्वाट्सएपले केही समयअघि कम्पनीको गोपनीयता नीति स्वीकार नगर्ने एकाउन्टमा मुख्य फिचर चलाउन नमिल्ने तथा कल र म्यासेज ब्लक गर्ने चेतावनी दिएको थियो। कम्पनीको यस नीतिको भारतलगायत थुप्रै देशमा विरोध भएपछि कम्पनीले तत्कालका लागि कल तथा म्यासेज ब्लक नगर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्