कोरोनाको दोस्रो लहरमा भारतीय कम्पनीको ‘विश्वास’ कमजोर बन्यो : सर्वेक्षण
बीबीसी। कोरोनाको दोस्रो लहरमा भारतीय कम्पनीहरुको ‘विश्वास’मा ठूलो गिरावट आएको छ। फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)को ताजा सर्वेक्षणमा भारतको ‘बिजनेस कन्फीडेन्स इन्डेक्स’ तल झरेर ५१.५मा पुगेको छ। यसअघिको सर्भेमा यो अंक ७४.२ थियो, जुन यो दशककै सबैभन्दा उच्च हो। कोरोनाको दोस्रो लहरले अवस्था जसरी बिग्रिएको छ, त्यसले आउने समय सहज नभएको स्पष्ट देखाएको सर्भेमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्