पछिल्लो चौबिस घण्टामा साढे ३३ लाख थानभन्दा बढी मेडिकल उपकरण तथा औषधि भित्रियो काठमाडौं। अर्थ मन्त्रालयले पछिल्लो चौबिस घण्टामा विभिन्न नाकाबाट नेपालमा साढे ३३ लाख थानभन्दा बढी मेडिकल उपकरण र औषधि भित्रिएको जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा ३३ लाख ६३ हजार ४५४ थान विभिन्न मेडिकल उपकरण र औषधी, २५ हजार ५५२ केजी स्यानिटाइजर, ८७० केजी कोभिड टेस्ट किट र ६ हजार भायल्स रेम्डिसिभर नेपाल भित्रिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्