वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको परिवारलाई ४८ करोडभन्दा बढी आर्थिक सहायता प्रदान काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ८८१ जना मृतकको परिवारलाई चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ४८ करोड २६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले उक्त रकम २०७७ साउनदेखि फागुनसम्मको अवधिमा दिएको हो। वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकको हकदारलाई बोर्डले आर्थिक सहायता स्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्