सेयर बजारमा ११ अंकको गिरावट काठमाडौं। आज मंगलबार सेयर बजार ११ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले घट्दै २,७७१ अंकमा आइपुगेको छ। यस क्रममा आज ८ अर्ब ५९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, आज १ करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ। आज कारोबार भएका १३ मध्ये तीन समूह मात्र बढेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्