दैनिक तीन-चार घन्टा मात्र खुल्छन् अत्यावश्यक वस्तुका पसल काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तुको बिक्री गर्ने पसलहरू दैनिक तीन-चार घन्टा मात्र खुल्ने बताएको छ। महासंघले एक विज्ञप्ति निकाल्दै पानी, ग्याँस, दूध, डेरी दैनिक तीन घन्टादेखि चार घन्टासम्म मात्र खुल्ने गरेको बताएको छ। देश संकटमा भएकाले निजी क्षेत्रले सरकारको निर्णयलाई साथ दिँदै व्यवसाय बन्द गरेको महासंघको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्