दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौं : मन्त्री अर्याल काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छिन्। विश्व दूध दिवशको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। भनिन्, “अबको दुई वर्षभित्र हामी दुधमा आत्मनिर्भर बन्छौं। प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्