खानीजन्य सामग्री निकासी अनुचितः नेफेज काठमाडौं। नेपाल वातावरण पत्रकार समूह(नेफेज)ले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्नेे कार्यक्रम मुलुकको हितमा नरहेको जनाएको छ। वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको संरक्षण विरोधी कार्यक्रम भन्दै नेफेजले त्यसको विरोध गरेको हो। यो वातावरणीय, आर्थिक र सामाजिकलगायत सबै दृष्टिकोणमा मुलुकको हितमा नरहेको विगतका विभिन्न अध्ययनहरुले देखाइसकेको नेफेजको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्