सैनिक ‘कू’ पछि म्यानमारको आर्थिक अवस्था नाजुक
एजेन्सी। फेबु्रअरी १ मा सेनाले शासन आफ्नो हातमा लिएपछि म्यानमारको आर्थिक हालत नाजुक हुन पुगेको छ। त्यहाँ सरकारी ढुकुटीमा नगद अभाव छ भने महँगी अकास्सिएको छ। बैंकबाट रकम निकाल्न दैनिक रुपमा मानिसको भीड लाग्न थालेको छ। निर्वाचित आङ सान सुकीको सरकार हटाएर सेनाले शासन हातमा लिएपछि त्यहाँ आठ सयभन्दा बढी मारिएका छन् भने करिब चार हजार गिरफ्तार भएका छन्।
प्रतिक्रिया दिनुहोस्