भारतबाट दश महिनामा ८ खर्बभन्दा बढीको वस्तु नेपाल भित्रियो काठमाडौं।चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालमा भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोड ७ लाख ४२ हजार रुपैयाँको विभिन्न प्रकारका वस्तुहरु भित्रिएको छ।नेपालले सो अवधिमा आयात गरेकोमध्ये ६५.०३ प्रतिशत भारतबाट मात्र रहेको भन्सार विभागले जनाएको छ।विभागका अनुसार सो अवधिमा नेपालले विभिन्न देशबाट १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्