एसियाको धनी बन्ने प्रतिस्पर्धामा अडाणी र सानसान
एजेन्सी। संसारका अर्बपतिहरुको सूचीमा यतिखेर रोमाञ्चक प्रतिस्पर्धा भारतीय उद्योगपति गौतम अडाणी र चिनियाँ व्यापारी झोङ सानसानबीच चलिरहेको छ। यी दुई धनाढ्यबीच एसियाको अर्बपति बन्ने होड चल्न थालेको लामो समय भइसकेको छ। यो दौडमा अहिले भारतका अडाणी अगाडि पर्दै एसियाको दोस्रो धनाढ्य बनेका छन्। अडाणीको नेटवर्थ ७२.१अर्ब डलर र सानसानको ७१.९अर्ब डलर रहेको छ। एसियाका पहिलो धनीमा मुकेश अम्बानी छन्।
प्रतिक्रिया दिनुहोस्