भारतमा मे महिनामा डेढ करोडले गुमाए रोजगारी एजेन्सी। कोरोना संक्रमणको दोस्रो लहरबाट आक्रान्त भारतमा मे महिनामा डेढ करोडले रोजगारी गुमाएका छन्। सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीका अनुसार मेको अन्तिम साता सहरी बेरोजगारीदर १८ प्रतिशत पुगेको छ। अप्रिल र मेको बीचमा दैनिक ज्यालादारीमा काम गर्ने सबैभन्दा बढी प्रभावित भएका छन्। अप्रिलमा ३९.०८ करोडको हातमा यस्तो रोजगारी थियो भने मे महिनामा त्यो घटेर ३७.५५ करोड भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्