दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै
काठमाडौं। नेपालमा कोरोना महामारीका कारण दूध तथा दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ। नेपाल डेरी एसोसिएशनका अनुसार देशैभर दूध तथा दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सान हँुदै आएको हो। एसोसिएशनका अनुसार कोरोना महामारी अगाडीकै अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस्