संवैधानिक व्यवस्थाअनुसार बजेट : भौतिक पूर्वाधारमन्त्री नेम्वाङ
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संवैधानिक व्यवस्थाअनुसार बजेट आएको बताएका छन्। उनले बजेटमाथि समीक्षा गर्न आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै संविधानमा जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्यताअनुसार बजेट आएको बताए। उनले भने, “हाम्रो संविधानले एक मिनेट पनि ढिला हुन छुट दिएको छैन।”
प्रतिक्रिया दिनुहोस्