नेपाल सरकार चुरेक्षेत्रको संरक्षण गर्न प्रतिबद्ध छ : अर्थ मन्त्रालय
काठमाडौं। चुरे संरक्षणलाई लिएर सरकारको आलोचना भएपछि अर्थ मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बचाउ गरेको छ। “वक्तव्य (बजेट)मा खानी तथा भूगर्भ विभागले पहिचान गरेका वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबमोजिम चुरे/भावर/शिवालिक र नदीप्रणालीबाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको हो। चुरेक्षेत्रमा ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म हो,” मन्त्रालयले भनेको छ।
प्रतिक्रिया दिनुहोस्