नेकपा एमाले बिर्तामोड नगर कमिटीले खरीद गर्यो ५० थान अक्सिजन सिलिन्डर
काठमाडौं। नेकपा एमालेको बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई ५० वटा भरिएको अक्सिजन सिलिन्डर सहयोग गरेको नगर प्रमुख धु्रवकुमार शिवाकोटिले जानकारी गराए। कमिटीले अक्सिजनको अभावमा हुन नदिने उदेश्यले काठमाडौंदेखि खरिद गरी झापा पुर्याएको हो। कमिटीका विभिन्न सदस्यहरुबाट रकम संकलन गरी उक्त अक्सिजन सिलिन्डर किनिएको उनले बताए। कमिटीले अभियान सञ्चालन गरी१५ लाख सम्मको रकम संकलन गरी सो अक्सिजन खरिद गरेको थियो।
प्रतिक्रिया दिनुहोस्