चुरेको ढुंगा, गिट्टी र बालुवा निकासीका विषयमा सरोकारवालासँग छलफल गरी मापदण्ड बनाइने
काठमाडौं। अर्थ मन्त्रालयले चुरेको ढुंगा, गिट्टी र बालुवा निकासीका विषयमा सरोकारवालासँग छलफल गरी मापदण्ड बनाइने जनाएको छ। “सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषयविज्ञ र सरोकारवालाहरूसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्णप्रतिबद्ध रहेको” अर्थद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्