ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गरियोस् : प्रचण्ड
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ढुंगागिट्टी, बालुवा निकासीको निर्णय खारेज गर्न माग गरेका छन्। “असंवैधानिक सरकारको बजेटमार्फत् ‘नेपालको ढुंगागिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्,” उनले भनेका छन्। बजेटमा वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य सामग्री निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्