जयनगर-जनकपुर रेल निषेधाज्ञापछि मात्रै सञ्चालनमा
काठमाडौं। जयनगर-जनकपुर रेल निषेधाज्ञापछि मात्रै सञ्चालनमा आउने भएको छ। गत वर्षको पुसमा नेपाल आइपुगेको रेल हालसम्म चल्न सकेको छैन। भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले रेललाई चाहिन नीतिगत र कर्मचारीको व्यवस्था भइसकेको बताए। उनले भने, “कोभिडका कारण यतिबेला सञ्चालन हुन सकेको छैन। निषेधाज्ञालगत्तै सञ्चालनमा आउँछ।”
प्रतिक्रिया दिनुहोस्