‘कोरोनाले भारतलाई १० वर्ष पछाडि धकेलिदियो’ एजेन्सी। अर्थशास्त्रीहरु कोरोना महामारीले भारतको विकासको गतिलाई एक दशक पछाडि धकेलिदिएको बताउँछन्। ठूला उद्योग–व्यवसायमात्र होइन, मझौला तथा साना उद्योगीलाई महामारीले अधिक असर पारेकाले भारतको अर्थतन्त्र नै संक्रमित हुन पुगेको उनीहरुको विश्लेषण छ। कोरोनाको अघिल्लो लहरले भन्दा दोस्रो लहरबाट भारत बढी आक्रान्त हुन पुग्यो। आर्थिक वर्ष २०२१ मा जीडीपी –७.३ मा ओर्लनुले भारतको अर्थव्यवस्थाको गति प्रष्ट पार्ने अर्थशास्त्रीहरुको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्