नेपालमा दैनिक १० करोड रुपैयाँको दूध नोक्सान काठमाडौं। कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा कमी आएको छ। नेपाल डेरी एसोसिएसनकाअनुसार दैनिक १० करोड रुपैयाँबराबरको दूध खेर गएको छ। कोरोना महामारीअघि दैनिक ३१ लाख लिटर दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले त्यो घटेर १३ लाख लिटरमा सीमित भएको छ। नेपालको जीडीपीमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। नेपालमा करिब सातहजार दूधडेरी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्