हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मकः हस्तकला महासंघ काठमाडौं। नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ। महासंघले आर्थिक वर्ष २०७८/०७९ को बजेटले सीपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअफ ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था गरेकाले सकारात्मक रहेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्