अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३० अर्ब ४२ करोडभन्दा बढी काठमाडौं।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ३० अर्ब ४२ करोड ७९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि वैशाखसम्मको अवधिमा नेपालले उक्त घाटा व्यहोरेको हो।भन्सार विभागका अनुसार सो अवधिमा अर्जेन्टिनाबाट नेपालमा ३० अर्ब ४२ करोड ९८ लाख ९३ हजारको वस्तु आएको छ।सो अवधिमा नेपालबाट भने १९ लाख ६२ हजारका वस्तु अर्जेन्टिना निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्