भारतमा २०२१ मा ४३ पटक बढ्यो पेट्रोलको भाउ
एजेन्सी। भारतीय बजारमा २०२१ मा ४३ पटक पेट्रोलको भाउ बढेको छ। सन् २०२१ सुरु भएपछि जनवरीदेखि जुनसम्मको अवधिमा ४३ पटक पेट्रोलको भाउ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दै जाँदा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। भारतमा पेट्रोलको भाउ बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्छ।
प्रतिक्रिया दिनुहोस्