खाद्य कम्पनीले भोलिदेखि छुटमा खाद्यान्न बेच्ने काठमाडौं। खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने बताएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारी कम्पनीबाट खाद्यान्न किन्दा छुट दिने घोषणा गरेको थियो। जसअनुसार,चामल,नुन,दाल लगायतका सामानमा छुट मिल्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्