कृषि लक्षित बजेट ल्याउँदै सुदूरपश्चिम
काठमाडौं। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई लक्षित गर्ने भएको छ। प्रदेशका कृषि सचिव डा.किसानलाल भट्टले किसानको समस्या समाधान गर्दै कृषि क्षेत्रलाई प्रथामिक्तामा राखेर बजेट ल्याउने बताए। उनले भने, “कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउने योजनासहित बजेट आउँछ।” उनले माछापालन, कुखुरापालन व्यवसायमा प्रविधिको प्रयोग बढिरहेको समेत बताए।
प्रतिक्रिया दिनुहोस्